वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले तत्कालका लागि सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।प्रदेशको मुख्यमन्त्रीमा बिहीबार केहीबेरअघि नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमन्त्रीसहित माओवादीबाट दुई, कांग्रेसबाट एक, जसपाबाट तीन, र स्वतन्त्र एक सांसद्लाई मन्त्रिमण्डमा समेट्ने भएका हुन् । कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेंगा र सहसराम यादव मन्त्री बन्ने भएका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij