Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदै

तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदै

  • 77
    SHARES
  • तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदै

    काठमाडौं । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ८ गतेदेखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ । समपूर्ण युवा क्लब, तिलोत्तमा-१४, सुपौलीको आयोजनामा हुने प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ । तिलोत्तमा-१४, सुपौलीस्थित समपूर्ण युवा क्लबको मातहतमा रहेको बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अबिर पुन पाईजाले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजन लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रा।लि।, तिलोत्तमा-१४, टिकुलीगढले गरेको छ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाईजाले प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले १ लाख ६० हजार ६६० रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।

    प्रतियोगितामा रुपन्देहीसहित स्याङ्जा, पाल्पा र नवलपरासीका गरी १२ टोली सहभागी हुने खेल समितिका प्रचारप्रसार संयोजक रवि अर्यालले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । २०७६ सालमा स्थापना भएको समपूर्ण युवा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij