Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मुगु जीप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि काठमाडौं रेफर

मुगु जीप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि काठमाडौं रेफर

  • 44
    SHARES
  • मुगु जीप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि काठमाडौं रेफर

    काठमाडौं । मुगुको रारा ताल जाने क्रममा हाइलक्स जीप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबार मुगुको छायानाथ रारा नगरपालिका-७, टोप्लास्थित ताल्चा-रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका-१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापा र उनकी श्रीमती अन्जु थापालाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए । डीएसपी थपलियाका अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पतालमा रेफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । उनीहरू रारा ताल घुम्नका लागि मुगु आएका थिए । दुर्घटनापछि घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेना र सम्बन्धित निकायले समन्वय गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij