वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ । पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन् ।
मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ । प्रतिनिधिहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदानस्थलमा उम्मेदवारका समर्थक तथा प्रतिनिधिहरूको आवतजावतले पनि चहलपहल बढाएको छ ।
बिहान ८ः३० देखि १०:३० सम्म मतदानको विवरण
कोशी २२२
सुदूरपश्चिम र कर्णाली २५७
लुम्बिनी २०२
गण्डकी १८८
बागमती २१७
दुई घण्टामा कुल १२९३ खसेको
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij