काठमाडौं– स्पेनिस ला लिगा फुटबल आजबाट सुरु हुँदैछ। सन् २०२१–०२२ को सिजन आजबाट सुरु हुन लागेको हो। सिजनको पहिलो खेल आज राति १२ः४५ मा भ्यालेन्सिया र गेटाफे भिड्दैछन्।
तर, नयाँ सिजनमा ला लिगा पहिलेको जस्तो भने हुने छैन। किनकी बार्सिलोनाका कप्तान तथा सुपरस्टारले क्लब छोडिसकेका छन्। उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भइसकेका छन्। उनी मात्रै होइन अर्को बलियो क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले समेत क्लब छोडेका छन्।
उनी पनि पीएसजीमा अनुबन्धित भएका छन्। ला लिगाका अधिकांश क्लबहरु आर्थिक संकटबाट गुज्रिएका छन्। अधिकांस क्लब नयाँ आर्थिक स्रोत खोज्न ब्यस्त रहेको छ । तर एउटा तथ्य के निश्चित छ भने स्पेनी फुटबलमा प्रतिभाको कुनै कमी छैन्, यसमा ढुक्क भए हुन्छ । युरो र ओलम्पिकमा स्पेनी टिमको प्रदर्शनले पनि यो तथ्यलाई स्थापित गरेको छ । त्यसैले यसपल्टको ला लिगा नयाँ खेलाडीको सिजन हुन सन सक्छ ।
एउटा अर्को तथ्य के पनि हो भने खेलाडी स्थानान्तरणमा तीन साता भन्दा केही कम समय बाँकी छ । यसबीच धेरै युवा स्पेनी खेलाडी अन्यत्र पनि जान सक्नेछन् । उपाधिको होड भने फेरि एकपल्ट पारम्परिक नै हुनेछ र यसमा सम्मलित हुने क्लब उही हुनेछन्, दुई मड्रिड क्लब, एटलेटिको र रियल । अनि बार्सिलोना ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij