वेबटिभी खबर
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij