Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम

यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम

  • 86
    SHARES
  • यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम

    काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडौं उपत्यका छोडेका थिए ।

    यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैंका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून छ । गत वर्षको तथ्यांकसँग तुलना गर्दा यस वर्ष उपत्यका छाड्नेको संख्या केही कम रहेको उनले बताए ।

    उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या केही कम रहेको देखिन्छ । घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जना सर्वसाधारणले उपत्यका छाडेका छन् । यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन बाहिरिएका छन् ।’ यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरेको छ । त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij