Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमाले नेता रिजालको प्रश्न-४८ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने देउवालाई यसपटक के ले रोक्यो ?

एमाले नेता रिजालको प्रश्न-४८ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने देउवालाई यसपटक के ले रोक्यो ?

  • 855
    SHARES
  • एमाले नेता रिजालको प्रश्न-४८ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने देउवालाई यसपटक के ले रोक्यो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले आश्चर्य प्रकट गरेका छन् ।

    सर्वोच्चको आदेशबाट २९ असारमा प्रधानमन्त्री बनेका देउवाले एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् र आफ्नै सचिवालयसमेत बनाउन नसकेकोमा रिजालले प्रश्न गरेका हुन् । उनले देउवामा काम गर्न सक्ने क्षमता रहे पनि यसपटक भने उनलाई आफ्नो क्षमता प्रस्तुत गर्नमा केले रोकेको हो ? भन्दै रिजालले जिज्ञासा राखेका छन् । 

    ‘पाँचौं पटक प्रधानमन्त्री हुनुभएका देउवा ‘काम गर्न’ नसक्ने नेता त होइन । मानिसका जीवित वा मृत टाउकाको ५० औं लाख मूल्य तोक्नदेखि इतिहासमै जम्बो ९४८ सदस्यीय० मन्त्रिपरिषद् बनाउने र अरुका अनि आफ्नैसमेत पार्टी फुटाएरै भए पनि सरकार बनाउन सक्षम नै हो,’ एमाले विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले फेसबुकमा लेखेका छन्, ‘तर, यसपटक चाहिँ एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद् र आफ्नो सचिवालय बनाउनबाट उहाँलाई केले रोकेको होला ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij