Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पोखरा एभेन्जर्सद्वारा काठमाडौं गोर्खाज पराजित

पोखरा एभेन्जर्सद्वारा काठमाडौं गोर्खाज पराजित

  • 39
    SHARES
  • पोखरा एभेन्जर्सद्वारा काठमाडौं गोर्खाज पराजित

    काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई हराएको छ । २२५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा रोकियो ।

    जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पोखराको विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायो । यो लक्ष्य एनपीएल ईतिहासकै उच्च हो । जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए ।

    काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । प्लेअफ पुगिसकेको काठमाडौं आजको हारपछि अब इलिमिनेटर चितवन राइनोजसँग खेल्नेछ । पोखरा यसअघि नै बाहिरिसकेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij