Logo

२०८३, कार्तिक ८ गते शनिवार

२०८३, कार्तिक ८ गते शनिवार

कालीकोटमा पुल-अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोटमा पुल-अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

  • 86
    SHARES
  • कालीकोटमा पुल-अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

    काठमाडौं । बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल-अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका-९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल-अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल-अप होल्ड च्यालेन्ज-२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । 

    प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्षभन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, बीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए । 

    ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताए । यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, द्रुव्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij