Logo

२०८३, कार्तिक ८ गते शनिवार

२०८३, कार्तिक ८ गते शनिवार

चीनमा ७.० म्याग्निच्युडको भूकम्प १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए

चीनमा ७.० म्याग्निच्युडको भूकम्प १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए

  • 93
    SHARES
  • चीनमा ७.० म्याग्निच्युडको भूकम्प १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए

    काठमाडाैं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन् । उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि उद्धार टोलीहरू त्यहाँ पुगेका हुन् । चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति २२ः३३ बजे नाग्छु शहरको बाकेन काउन्टीमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

    भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२।४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो । भूकम्पको केन्द्रबिन्दु नजिकै र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिने गाङ्छे नगरमा ११० जना अग्नि नियन्त्रक, २५ वटा सवारीसाधन र खोज तथा उद्धारका लागि तालिमप्राप्त चारवटा कुकुरसहितको टोली पुगेको छ । उक्त टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गर्नुका साथै घरहरूमा भएको क्षतिको आकलन गरिरहेको छ । उद्धार कार्य जारी रहँदा थप उद्धार टोलीहरू पनि विपद् प्रभावित क्षेत्रमा पुग्ने क्रममा रहेका छन् ।

    भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि उद्धार टोलीहरू परिचालन भएका हुन् । सिजाङको आपत्कालीन कमान्डबाट प्राप्त विवरणअनुसार शुक्रबार बिहान ७ बजेसम्म भूकम्पका कारण ५४ जना घाइते भएका छन् भने ३३९ वटा घर भत्किएका छन्। भूकम्पपछि चीनको भूकम्प प्रशासनले दोस्रो तहको आपत्कालीन प्रतिकार्य सुरु गरेको हो । सीसीटीभीप्लस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij