Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

  • 47
    SHARES
  • सर्लाहीका नदी, पोखरी तथा तलाउमा छठ पूजाको तयारी पूरा

    काठमाडौं । आस्थाको महापर्व छठ पूजालाई लक्षित गर्दै सर्लाहीका विभिन्न नदी, पोखरी तथा तलाउहरूमा छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ । पर्वको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा रहेका छठ घाटहरूको सरसफाइ, सजावट तथा व्यवस्थापन गरिएको छ ।

    छठ पर्वअन्तर्गत आज शनिबार व्रतालुहरूले खरना विधि गर्दैछन् । खरना सम्पन्न गरेपछि व्रतालुहरू छठको मुख्य पूजाको तयारीमा जुट्नेछन । भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिनेछ भने पर्सि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

    छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा रहेको छ । छठ पर्वलाई व्यवस्थित, सुरक्षित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरमा विभिन्न तयारीसमेत गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij