Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

  • 5
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक छठ पर्व सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित विशिष्ट पर्व भएको उनको भनाइ छ।

    सन्देशमा यो पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत उजागर गर्दछ । मुख्यमन्त्री कार्कीले छठ पर्वले मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण गर्दै सामाजिक सद्भाव, आपसी एकता, प्रेम र भाइचारालाई प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको नेपाली समाजमा यो पर्वले सांस्कृतिक विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावनालाई अझ बलियो बनाएको उनले बताएका छन् ।  उनले सन्देशमा यस्ता मौलिक चाडपर्व सामाजिक तथा सांस्कृतिक पहिचानका अमूल्य सम्पत्ति भएको र यिनको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

    प्रदेश सरकार प्रदेशभित्रका सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान, संरक्षण तथा संवद्र्धन गर्दै विविधताबीचको एकतालाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको  मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छ्न ।प्रदेशको स्थापनाकालदेखि नै आफ्नो स्रोत र साधनले भ्याएसम्म विभिन्न जाति, समुदाय र धर्मका मौलिक चाडपर्व तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्दै आएको उनले बताए । आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भावको प्रवद्र्धन र समावेशी समाज निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने विश्वास उनले दिलाएका छन् । अन्त्यमा, छठ पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध, शान्तिपूर्ण र समुन्नत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij