Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ : नेता निधि

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ : नेता निधि

  • 54
    SHARES
  • कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ : नेता निधि

    काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने बताएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् । उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

    विधान अनुसार पहिला वडा, त्यसपछि, जिल्ला, त्यसपछि प्रदेश र अन्तमा केन्द्रीय अधिवेशन हुनेमा आफूहरुले सोही अनुसार अधिवेशनहरु सम्पन्न भएको उनले बताए । नेता निधिले प्रदेश अधिवेशन अन्तर्गत भोलि ५ गते गण्डिकी प्रदेशको अधिवेशन हुँदैछ, त्यस्तै ७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ, त्यस्तै १३ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ , १४ गते मधेश प्रदेशको अधिवेशन हुनेछ, १५ गते सुदुरपश्चिमको अधिवेशन हुनेछ, १७ गते कोशी प्रदेशको अधिवेशन हुनेछ र १९ गते बाग्मती प्रदेशको अधिवेशन हुनेछ ।

    नेता निधिले यसअघि नेपाली कांग्रेसको गगन थापा पक्षले गरेको अधिवेशन ‘कथाकथित’ रहेको बताए । उनले सो अधिवेशनमा प्रदेश र जिल्लाको अधिवेशननै नगराई सोझै केन्द्रको अधिवेशन गरेकाले त्यस्तो अधिवेशनको कुनै औचित्य नरहेको जनाए । निर्वाचन आयोगले गगन पक्षको अध्यावधिक पनि नमानेको नेता निधिले दाबी गरे । उनले आफूहरु कानुन र विधान सम्मत रहेको दाबी गर्दै आफूहरु नै असली कांग्रेसी रहेको बताए । नेता निधिले प्रदेश अधिवेशनको तयारी सम्बन्धी आजै आठवटै जिल्लाका पदाधिकारी महोत्तरीको वर्दिवासमा बैठक बस्न लागेको जानकारी दिए ।

    त्यस्तै, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि शुभकामना समेत व्यक्त गरेका छन् । उनले भारत भ्रमणकै क्रममा दुबै देशका प्रधानमन्त्रीले अयोध्या जनकपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमको प्रसंशा गरे । नेता निधिले रेल सेवासहित हवाई सेवा पनि सुचारु गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय, आर्थिक क्षेत्रको विकासलगायतका विषयहरु सफलताका साथ उठाउनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij