Logo

२०८३, मंसिर १३ गते शनिवार

२०८३, मंसिर १३ गते शनिवार

वर्षौँदेखि कायम २० फिटे कालोपत्रे सडक निजी जमिन भन्दै अवरुद्ध , स्थानीय समस्यामा

वर्षौँदेखि कायम २० फिटे कालोपत्रे सडक निजी जमिन भन्दै अवरुद्ध , स्थानीय समस्यामा

  • 531
    SHARES
  • वर्षौँदेखि कायम २० फिटे कालोपत्रे सडक निजी जमिन भन्दै अवरुद्ध , स्थानीय समस्यामा

    सर्लाही । वर्षौँदेखि कायम रहेको २० फिटे कालोपत्रे सडक अचानक व्यक्तिगत जमिन भन्दै अवरोध राखेर रोक्ने काम भएको छ ।

    सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ जाने पक्की सडक आफ्नो व्यक्तिगत भन्दै रोकिएको हो । राजमार्गबाट सोल्टी, बरहथवा, हजरिया लगायत जाने वर्षौँदेखि चल्दै आएको कालोपत्रे सडक स्थानीय पदम बहादुर रायमाझीले यही मंसिर ७ गतेबाट ग्राभेल हालेर अवरुद्ध गरेको स्थानीय टोलवासीले गुनासो गरेका छन् । 

    Suchana.jpg
    सडककाे अवराेध खुलाउ पाउँ भन्दै टाेलवासीले जिल्ला प्रशासन कार्यालयमा दिएकाे निवेदन

    व्यक्तिले बाटो अवरुद्ध गरेपछि टोलवासीले मंसिर ९ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरी अवरोध हटाउन अनुरोध गरेका छन् । उक्त बाटो अवरुद्ध हुँदा विद्यालय जाने बालबालिकादेखि बिरामी, अशक्तलाई समेत असर परेको टोलवासीले दिएको उजुरीमा उल्लेख छ । अचानक निजी जग्गा भनेर सरकारी रकममा कालोपत्रे गरिएको र वर्षौँदेखि चलेको सडक अवरुद्ध हुँदा पनि नगरपालिका र प्रहरी, प्रशासनले सुनवाई नगरेको स्थानीयको गुनासो छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij