Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्पेनिस ला लिगा: रियलको विजयी सुरूवात, बेन्जिमाले गरे दुई गोल

स्पेनिस ला लिगा: रियलको विजयी सुरूवात, बेन्जिमाले गरे दुई गोल

  • 620
    SHARES
  • स्पेनिस ला लिगा: रियलको विजयी सुरूवात, बेन्जिमाले गरे दुई गोल

    काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी सुरूवात गरेको छ । शनिबार राति भएको खेलमा रियलले अलाभेसलाई ४-१ गोलले पराजित गर्यो । रियलका लागि करिम बेन्जिमाले खेलको ४८ र ६२ मिनेटमा गरी दुई गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ मिनेटमा नाचोले रियलका लागि अर्को गोल गरेका थिए । यस्तै अलाभेसका जोसेलुले ६५ मिनेटमा पेनाल्टीबाट गोल फर्काए । रियलका लगि भिनिसियस जुनियरले दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरेका थिए ।

    लिगका अन्य खेलमा कार्डिज र लेभान्तेले तथा मालोर्का र रियल बेटिसले समान १-१ गोलको बराबरी खेलेका छन् । यसैगरी ओसासुना र स्पान्योलबीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij