Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

किन दिल्ली पुगे एमाले नेता पाण्डे र आचार्य ?

किन दिल्ली पुगे एमाले नेता पाण्डे र आचार्य ?

  • 538
    SHARES
  • किन  दिल्ली पुगे एमाले नेता पाण्डे र आचार्य ?

    काठमाडौं । नेकपा एमाले फुटको नजिक पुगिरहेको  बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।

    पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट स्रोतका अनुसार  दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् ।

    एमाले विवादमा नेता माधव नेपालले अपमान सहेर एकता नगर्ने बताइरहेका बेला आचार्य र पाण्डे भने जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । एमालेका कतिपयले नेता कार्यकर्ताले पाण्डे र आचार्यका पछिल्ला अभिव्यक्तिलाई लिएर उनीहरु अध्यक्ष ओलीसँग मिल्न पुगेको आशंका गरिरहेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij