जावा । इन्डोनेशियाको जावा टापुमा पर्यटकले भरिएको बस खाल्डोमा खस्दा चालकसहित २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३९ जना घाइते भएका छन् । ती सबै तीर्थ यात्री रहेको बताइएको छ । घाइते र मृतकलाई नजिकैको अस्पताल पुर्याएको छ ।
स्थानीय प्रहरी अधिकारी प्रासेत्यो रिब्बियान्तोका अनुसार पश्चिमी जावाबाट सुबांग सहरमा रहेको इस्लामिक जुनियर हाइस्कुलका विद्यार्थी, शिक्षक तथा अभिभावकलाइए लिएर तासिकामलय जिल्लास्थित एक तीर्थस्थल जादँै गर्दा बुधबार सुमेदांग जिल्लामा दुर्घटना भएको थियो । बस अनियन्त्रित भएर २० मिटर गहिरो खाल्डोमा खसेको थियो ।
यसभन्दा अगाडि सुमात्रामा डिसेम्बर २०१९ मा एक पर्यटक बस ८० मिटर गहिरो खाल्डोमा खसेको थियो । जसमा ३५ जनाको मृत्यु भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij