Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट अनेरास्ववियू नेताहरू सडकमा  

दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट अनेरास्ववियू नेताहरू सडकमा  

  • 670
    SHARES
  • दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट अनेरास्ववियू नेताहरू सडकमा    

    काठमाडौं । सरकारले मंगलबार जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सडक प्रदर्शनमा उत्रिएको छ ।

    अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेपछि संगठनमा आवद्ध विद्यार्थीहरू सडकमा उत्रिएका हुन् । काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार क्षेत्रमा विद्यार्थीले एमालेको एकता झल्किने नारा लेखिएको प्लेकार्डसहित उनीहरू सडकमा उत्रिएका छन् ।

    प्लेकार्डमा ‘विचारको बन्धन टुट्दैँन, एमाले कहिल्यै फुट्दैँन’, ‘परमादेशको कम्फर्टेबल सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका छन् ।

    सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा सात दशकदेखिको संघर्षबाट निर्मित कम्युनिस्ट पार्टी, संविधान, बहुदलीय व्यवस्था र देशलाई पछाडि धकेल्ने अनेरास्ववियू नेताहरूको दाबी छ ।

    शान्तिपूर्ण रूपमा विरोध जनाइरहदा आफूहरूमाथि प्रहरीले दमन गर्दै बल प्रयोग गरेको विद्यार्थी नेताहरूले बताएका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij