वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) केन्द्रीय कार्यसमितिको दुई दिवसीय बैठक बुधबार पनि बसेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएको जसपाको मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा आज पनि बसेको हो ।
मंगलबारको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका थिए भने नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । मंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
११ साउनमा निर्वाचन आयोगबाट आधिकारिकता पाएको यादव पक्षले पार्टी केन्द्रीय कमिटीलाई पुनर्गठन गरी ५ सय १ सदस्यीय बनाएको छ । केहीलाई कोभिड-१९ संक्रमणका कारण बुधबार जारी बैठकमा केही सदस्यहरू बैठकमा उपस्थित हुन नसके अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ ।
बुधबार जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे प्रदेश स्तरीय अभिमुख कार्यक्रम, समसामयिक राजनीतिक प्रस्ताव, सरकारमा सहभागी सम्बन्धमा, पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरणसम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वयलगायतका आवश्यक कार्य गर्न सात सदस्यीय सचिवालय गठन गर्ने विषयमा पनि छलफल हुने जसपा स्रोतले जानकारी दिएको छ । यस्तै सात सदस्यीय सचिवालय गठन गर्ने विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij