Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रिजाल भन्छन्- एमाले विभाजनपछि कांग्रेस खुसी छ

रिजाल भन्छन्- एमाले विभाजनपछि कांग्रेस खुसी छ

  • 488
    SHARES
  • रिजाल भन्छन्- एमाले विभाजनपछि कांग्रेस खुसी छ

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सहइन्चार्ज विष्णु रिजालले एमाले विभाजित भएकोमा नेपाली कांग्रेस सबैभन्दा बढी खुसी भएको बताएका छन् । शुक्रबार सुर्खेतमा दैलेखको एडी चोकमा सम्पर्क कार्यालय स्थापना गरिएको कार्यक्रममा बोल्दै रिजालले यस्तो बताएका हुन् ।

    ‘एमाले विभाजनले एमालेका कोही पनि नेता खुसी छैनन् । एमाले विभाजनले सबैभन्दा बढी खुसी कांग्रेसलाई लागेको छ । कांग्रेस सत्तामा भएका बेलमा एमाले विभाजन भएको हो,’ रिजालले भने, ‘आज हामी सञ्चारमाध्यममा, सामाजिक सञ्जालमा देख्दैछौं, एमाले विभाजन भएपछि सबैभन्दा बढी कांग्रेस खुसी भएको छ ।’

    २४ वर्षअघि एमाले फुट्दा पनि कांग्रेस सत्तामा रहेको र अहिले शेरबहादुर देउवाले त्यही विकृतिलाई निरन्तरता दिएको रिजालको दाबी छ । कार्यक्रममा बोल्दै एमाले दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, सहइन्चार्ज रिजाल, प्रदेश कमिटी सचिव धर्मराज रेग्मी, जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले शुभकामनासहित जिल्लाको पार्टी काममा जोडिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

    सुर्खेतमा रहेका दैलेख जिल्लाका एमालेका समर्थक, शुभेच्छुक र कार्यकर्ताहरूका बीचमा भेटघाट र सम्पर्कका लागि कार्यालय स्थापना गरिएको रिजालले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij