Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडाैंमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित

काठमाडाैंमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित

  • 669
    SHARES
  • काठमाडाैंमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा-सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।

    बुधबार काठमाडौं वडा नंवर २२ स्थीत आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगाएतमा पुगी कर बक्यौता बाँकी रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो ।

    सो क्रममा महानगरले कर तिर्न सूचना टाँस गरेको छ । यसअघि सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको काठमाडौं महानगर राजस्व विभागका सहायक निरीक्षक पतीक लायमाले जानकारी दिए ।

    महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने जनाएको छ ।

    घरजग्गा-सम्पत्ति कर नतिर्नेरूमा कान्तिपुर होटल, होटल प्लाटिनियम, ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टरलगायत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij