वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । छलफलमा मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने विषयमा सहमति जुटेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरूको पनि सहभागिता रहेको बताइएको छ । आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले बताए ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij