Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

  • 816
    SHARES
  • वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

    धनुषा । वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका-७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

    आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताइन् । 

    आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा छिन् ।

    विनिताले थाहा पाएसम्म उनका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा गएका थिए । उनीसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताइन् । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij