Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाँच एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

पाँच एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

  • 558
    SHARES
  • पाँच एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। सरकारले बिहीबार एआईजीहरुको सरुवा गरेको हो। 

    एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको छ। 

    त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले जनाए । उनका अनुसार एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij