Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वैदेशिक रोजगारीमा जाने बन्धुवा मजदुर होइनन् : एनआरएनए प्रवक्ता डिबी क्षेत्री

वैदेशिक रोजगारीमा जाने बन्धुवा मजदुर होइनन् : एनआरएनए प्रवक्ता डिबी क्षेत्री

  • 700
    SHARES
  • वैदेशिक रोजगारीमा जाने बन्धुवा मजदुर होइनन् : एनआरएनए प्रवक्ता डिबी क्षेत्री

    काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली बधुवा मजदुर नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले यस्तो बताएका हुन् । 

    उनले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीसँग काम गर्दा आफ्नो माग सुनुवार्इ हुने विश्वास लिएका छन् । आफूले ७ र ८ वर्षदेखि काम गर्दा डा। केसीबाट प्रभािवत भएरै उनीसँग नजिक रहेको खुलाए । 

    ‘कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन । तर काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरूको साथ माग्दै जाँदा बद्री केसीसँग  म नजिक छु । भोलि को-को आउनुहुन्छ त्यो हेर्न बाँकी छ,’ उनले भने । 

    वैदेशिक रोजगारका समस्या, हजारे अभियानलगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मागको सुनुवाई हुनेमा उनी विश्वस्त छन् ।  सोही सन्दर्भमा उनले आफू एनआरएनको उपाध्यक्षको प्रत्यासी भएको स्पष्ट पारे ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij