Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

  • 682
    SHARES
  • नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

    काठमाडौं ।  दोस्रो मैत्रीपूर्ण खेलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो । दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण मैदानमा उपस्थित भएका छन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १-१ को बराबरी खेलेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij