Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इन्डोनेशियामा जेलमा आगलागी हुँदा ४१ को मृत्यु

इन्डोनेशियामा जेलमा आगलागी हुँदा ४१ को मृत्यु

  • 712
    SHARES
  • इन्डोनेशियामा जेलमा आगलागी हुँदा ४१ को मृत्यु

    जकार्ता । इन्डोनेशियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगलागीमा दर्जनौं घाइते भएका छन् । बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो । आगो लागेको समयमा अधिकांश बन्दीहरु सुतिरहेका थिए । 

    आगो लाग्दा कारागारको सो ब्लकमा एक सय २२ बन्दी थिए । कारागारको क्षमता ६ सय भए पनि त्यहाँ दुई हजार बन्दी राखिएको थियो ।

    कारागारका बन्दीमध्ये अधिकांश दुर्व्यसनीमा थिए । आगोलागीको कारण खुलेको छैन । सर्ट सर्किटका कारण आगो फैलिएको हुन सक्ने अस्पताल प्रशासनले अनुमान गरेको छ । आगोलागीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij