Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

  • 557
    SHARES
  • बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

    काठमाडौं । बंगलादेशविरूद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाललाई बंगलादेशले गोलरहित बराबरीमा रोकेको हो ।

    नेपालले पाएको अवसरमा फिनिसिङ गर्न नसक्दा गोल गर्न सकेन । दुवै हाफमा नेपालकी सरू लिम्बुको प्रहार बंगलादेशकी गोलकिपरले विफल पारेकी थिइन् । यस्तै पहिलो हाफमा बंगलादेशकी खेलाडीको प्रहार क्रसबारमा लागेको थियो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो ।

    उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टिम सोमबार उज्वेकिस्तान प्रस्थान गर्नेछ । एसिन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

    नेपालले फिलिपिन्ससँग खेल्दै एसिन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij