Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अन्तरिक्षमा पहिलोपटक ‘आम मानिस’ मात्रै

अन्तरिक्षमा पहिलोपटक ‘आम मानिस’ मात्रै

  • 605
    SHARES
  • अन्तरिक्षमा पहिलोपटक ‘आम मानिस’ मात्रै

    वाशिंटन । अमेरिकी उद्याेगी एलन मस्कको कम्पनी स्पेसएक्सले पहिलोपटक ४ जना सर्वसाधारणलाई अन्तरिक्षमा पठाएको छ । नासाको फ्लोरिडास्थित क्यानेडी स्पेस रिसर्च सेन्टरबाट फाल्कन-९ रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । यसको करिब १२ मिनेटपछि ड्रयागन क्याप्सुल रकेटबाट अलग भएको थियो । यो क्याप्सुलले ५७५ किलोमिटरको उचाईमा पृथ्वीको कक्षमा तीन फन्को घुम्ने छ । त्यहाँ उनीहरुले ३ दिन बिताउने छन् । यस मिसनलाई इन्स्पिरेसन-४ नाम दिइएको छ । 

    सन् २००९ पछि पहिलोपटक मानिसहरु यो उचाईमा गएको पहिलोपटक हो । मे २००९ मा वैज्ञानिक हबल टेलिस्कोपको रिपेयरिंगका लागि ५४१ किलोमिटरको उचाईमा पुगेका थिए । इन्टरनेसनल स्पेस स्टेसनमा अन्तरिक्ष यात्री आउनेजाने क्रम भइरहन्छ । तर त्यो केन्द्र ४०९ किलोमिटरको उचाईमा छ । 

    अमेरिकाको टेनेसीस्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि कोष संकलन गर्ने उद्देश्यले यो मिसन गरिएको हो । मिसनको नेतृत्व गरिरहेका जेयर्ड इसाकम्यानले यसबाट २० करोड डलर जुटाउन चाहन्छन् ।

    यसले क्यान्सरप्रति जागरुकता बढाउने जनाइएको छ । मिसनका सदस्यको अलग अलग मानवीय मूल्य दिइएको छ । त्यसमा उनीहरुलाई नेतृत्व, आशा, उत्प्रेरणा र समृद्धि नाम दिइएको छ । मिसनकी सदस्य २९ वर्षीया हेली आर्केनक्स क्यान्सर सर्भाइभर हुन् । टिममा उनीबाहेक इसाकम्यान, सन प्रोक्टर, क्रिस सेम्ब्रोस्की रहेका छन् । इसाकम्यान व्यापारी, प्रोक्टर प्रोफेसर र सेम्ब्रोस्की वायुसेवाका पाइलट हुन् । उनीहरु पृथ्वीको कक्षमा जाने पहिलो गैर पेशेवर अन्तरिक्ष यात्री हुन् । 

    यसभन्दा अगाडि ब्लू ओरिजिन र भर्जिन स्पेससिपले पनि अन्तरिक्ष पर्यटनको सुरुवात गर्दै अन्तरिक्षको यात्रा गरेका थिए । तर यी दुवैको मिसन केही मिनेटको मात्रै थियो । अन्तरिक्षमा पुगेको केही समयमा नै पृथ्वीमा अवतरण गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij