वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस अवधिमा देशभर १२ सय ६२ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ७ जनाको निधन भएको छ ।
हालसम्म नेपालमा ८ लाख ८३ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि, ७ लाख ६२ हजार ४१६ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ११ हजार १०३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij