वेबटिभी खबर
उलान बाटोर । मंगोलियामा कोभिड-१९ संक्रमितको संख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
मंगलबार संक्रमणबाट ६० वर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ ।
मंगोलियामा करिब ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । कोभिडको नयाँ स्वरूपको रूपमा आएको डेल्टा भाइरसको संक्रमण जारी रहेको छ ।
यहाँ दैनिक २ हजारभन्दा बढी संक्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij