वेबटिभी खबर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुने बताएका छन् । १४७औँ हुलाक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै मन्त्री कार्कीले विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसात गर्दै हुलाक सेवालाई भरपर्दो र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका हुन् ।
‘हुलाक क्षेत्रको समग्र पुनःसंरचना र सेवामा विविधिकरण गरी हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने । सूचना प्रविधिको प्रयोगबाट विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणलीको विकासलाई सरकारले प्राथमिकतामा राख्ने उनले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij