Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एक किलो चरेससहित कोहलपुरबाट तीनजना पक्राउ 

एक किलो चरेससहित कोहलपुरबाट तीनजना पक्राउ 

  • चैत्र ९, २०७७ सोमवार १३:३२ बजे
  • 584
    SHARES
  • एक किलो चरेससहित कोहलपुरबाट तीनजना पक्राउ 

    काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयले लागूऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ ।

    बा ६ च ७५७१ नम्बरको गाडिमा एक किलो चरेस लिएर हिंडेको अवस्थामा कोहलपुर नगरपालिका-१० हाईस्कुल क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको कोहलपुर इप्रकाका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

    कोहलपुर नगरपालिका वडा-२ का विश्वसागर परियार, राप्तिसोनारी गाँउपालिका-३ का आनन्द खड्का र कैलाश शाहीलाई लागूऔषध चरेससहित पक्राउ गरिएको खनालले बताए ।

    प्रहरीका अनुसार गाडिको डिक्कीमा चरेस लुकाइएको थियो । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij