Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

  • कार्तिक २७, २०७८ शनिवार ०९:०७ बजे
  • 595
    SHARES
  • जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

    काठमाडौं ।  अन्तिम मिनेटमा भारको सहयोगमा पाएको पेनाल्टी अवसर खेर फाल्दा युरो विजेता इटली कतार विश्वकप अन्तगर्त युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग अंक बाँड्न बाध्य भएको छ । 

    शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ । 

    खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन । 

    खेलपछि समूह 'सी'मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

    समूह 'सी'को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij