Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेस महाधिवेशनः महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन

कांग्रेस महाधिवेशनः महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन

  • मंसिर ५, २०७८ आइतवार १९:३८ बजे
  • 540
    SHARES
  • कांग्रेस महाधिवेशनः महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन

    महोत्तरी । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ । बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

    सहमति बनेका चार क्षेत्रबाट १८–१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए । ‘बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं,’ उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij