Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा : शिक्षामन्त्री पौडेल 

भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा : शिक्षामन्त्री पौडेल 

  • 1.6K
    SHARES
  • भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा : शिक्षामन्त्री पौडेल 

    काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर त्यसतर्फ ध्यान दिन निर्देशन दिएका छन् ।

    बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पुगेका पौडेलले त्यस्तो बताएका हुन् ।  

    अनुगमनका क्रममा मन्त्री पौडेलले भने, ‘भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा छ । गम्भीर ध्यान दिनुहोस् ।’

    कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् । कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के-के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए ।

    edu.jpg

    ‘बाबुआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,’ उनले भने, ‘देशमा  निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।’

    उनले शिक्षक तथा विद्यार्थीहरूले थप परिश्रम गरी नमुना विद्यालयको रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    eds.jpg 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij