Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एकताको तयारीमा छौं, अबको एक वर्षमा माओवादी ठूलो पार्टी बन्छ : पौडेल

एकताको तयारीमा छौं, अबको एक वर्षमा माओवादी ठूलो पार्टी बन्छ : पौडेल

  • 494
    SHARES
  • एकताको तयारीमा छौं, अबको एक वर्षमा माओवादी ठूलो पार्टी बन्छ : पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो पार्टी बन्ने बताएका छन् ।

    बाग्लुङको जैमिनिमा माओवादी केन्द्र जैमिनि नगर कमिटीको पहिलो अधिवेशनको उद्घाटनमा पौडेलले विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन विस्तारमा लागेको बताएका हुन् ।

    ‘हामीले संकल्प गरेका छौं,’ उनले भने, ‘अबको एक वर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’ मन्त्री पौडेलेल माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरू पार्टीले रजाईं गरेको आरोपसमेत लगाए ।

    समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्ने गरेको उनको आरोप थियो । पार्टीमा नयाँ जागरण आएकोले अन्य पार्टीकालाई माओवादीमा गोलबद्ध हुन मन्त्री पौडेलले आग्रह गरे ।

    विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले संवाद गरिरहेको जानकारी दिए । देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधैँ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij