Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानन्यायाधीशमाथि महाअभियोग माग गर्दै बारले बुझायो माधव नेपाललाई ज्ञापनपत्र

प्रधानन्यायाधीशमाथि महाअभियोग माग गर्दै बारले बुझायो माधव नेपाललाई ज्ञापनपत्र

  • 498
    SHARES
  • प्रधानन्यायाधीशमाथि महाअभियोग माग गर्दै बारले बुझायो माधव नेपाललाई ज्ञापनपत्र

    काठमाडौं । नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । 

    ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

    प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरुले कात्तिक दोस्रो सातादेखि इजलास बहिष्कार गर्दै आइरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij