Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेद्वारी, आज नौ बजेदेखि मतदान हुने 

कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेद्वारी, आज नौ बजेदेखि मतदान हुने 

  • 556
    SHARES
  • कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेद्वारी, आज नौ बजेदेखि मतदान हुने 

    मकवानपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, जगदीश्वर नरसिंह केसी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । 

    उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने केसी पाैडेल पक्ष र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

    प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij