वेबटिभी खबर
काठमाडौं । सगरमाथाको आठौं पटकसम्म आरोहण गर्ने रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं. १ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीहरूको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले सोमबार निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।
यसरी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ लगायतका व्यक्तिहरू अध्यक्ष प्रचण्डको हातबाट टिका लगाई पार्टी प्रवेश गरेका थिए ।
सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरू जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
अध्यक्षले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताए । रसुवा जिल्लाका नेताहरूले जिल्लाका समस्याहरूका बारेमा अध्यक्षलाई अवगत गराउँदै जिल्लाको वस्तुस्थिति बुझ्न रसुवा जिल्लामा आमन्त्रणगरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij