Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

[अपडेट] कांग्रेस महामन्त्री : एक हजार दुई सय मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता कायम

[अपडेट] कांग्रेस महामन्त्री : एक हजार दुई सय मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता कायम

  • 842
    SHARES
  • [अपडेट] कांग्रेस महामन्त्री : एक हजार दुई सय मतगणना हुँदा गगन र विश्वप्रकाशकाे अग्रता कायम

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् । 

    १२०० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत

    गगन थापा- ७५६

    विश्वप्रकाश शर्मा- ४९० 

    प्रदीप पौडेल- ३६९

    डा.प्रकाशशरण महत- ३८९

    डा.मिनेन्द्र रिजाल- २२३

    डा.राजाराम कार्की- ३९

    उम्मेदवारमध्ये पाैडेल र डा.महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा.रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा.शेखर काेइराला प्यानलका हुन् । त्यसैगरी शर्मा प्रकाशमान सिंह र डा. कार्की बिमलेन्द्र निधीकाे खेमाबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij