Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

  • 512
    SHARES
  • झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं । झापाको कन्काई नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कन्काई नगरपालिका-८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । बुधबार मध्याराति पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । तर, उपचारका लागि बिर्तामोडस्थित अस्पताल पुर्‍याइएलगत्तै  उनको मृत्यु भएको हो । 

    ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका-४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij