Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुई थान स्वचालित पेस्तोलसहित भारतीय नागरिक पक्राउ

दुई थान स्वचालित पेस्तोलसहित भारतीय नागरिक पक्राउ

  • पौष १३, २०७८ मंगलवार २२:२८ बजे
  • 453
    SHARES
  • दुई थान स्वचालित पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

    सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि।एस।होटलबाट उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन्। 

    पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ। 

    बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो। प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको द्यच्छण्प् ण्ज्ञद्धढ नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरेको बताएको छ। 

    प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो। पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियारसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए। 

    सोधपुछको क्रममा भारतीय नागरिकले आफूहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताए। पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोवारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशंका सुनसरी प्रहरीले गरेको छ। 

    सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रक्रियाअघि बढाइएको बताएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij