वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवलशमशेर राणाबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच शुक्रबार बिहान मिश्रको निवासमा भेटवार्ता भएको हो ।
सो भेटवार्तालाई मिश्रले ‘राजनीतिसँगै राजकाज’ संवादको संज्ञा दिएका छन् । उनले भने, ‘आज विहान राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij