Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको तयारी

राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको तयारी

  • 2.0K
    SHARES
  • राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको तयारी

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवलशमशेर राणाबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच शुक्रबार बिहान मिश्रको निवासमा भेटवार्ता भएको हो ।

    सो भेटवार्तालाई मिश्रले ‘राजनीतिसँगै राजकाज’ संवादको संज्ञा दिएका छन् । उनले भने, ‘आज विहान राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु ।’

    राप्रपा स्रोतकाअनुसार मिश्रसँगको भेटमा पार्टी एकताबारे कुराकानी भएको छ । राप्रपाका एक नेताले भने, ‘उहाँ (मिश्र) र हामीबीच पार्टी एकताका विषयमा कुराकानी भएको छ ।’

    समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ । राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेर राजनीति गरिरहेको छ । पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन् । उनले संघीयताको विरोध गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij