Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लिबियामा छ वर्षदेखि बन्द रहेको दूतावास ग्रीसले पुनः सुरु गर्ने

लिबियामा छ वर्षदेखि बन्द रहेको दूतावास ग्रीसले पुनः सुरु गर्ने

  • चैत्र २०, २०७७ शुक्रवार १३:३१ बजे
  • 860
    SHARES
  • लिबियामा छ वर्षदेखि बन्द रहेको दूतावास ग्रीसले पुनः सुरु गर्ने

    काठमाडौं । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले लिबियाको भ्रमण गर्ने भएका छन् । दुई हप्तापछि हुने भ्रमणका क्रममा उनले छ वर्षदेखि बन्द रहेको लिबियास्थित ग्रीसको राजदूतावास पूनः सञ्चालनमा ल्याउने भएका छन् ।

    प्रधानमन्त्री निकट अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार उनले आगामी मङ्गलबारदेखि लिबियाको भ्रमण गर्ने भएका हुन् । दुई देशबीचको सम्बन्धलाई सामान्य बनाएर पहिलाकै अवस्थामा पुर्‍याउनका लागि उनले अहिले भ्रमण गर्न लागेकाे जनाइएको छ ।

    ग्रीसको सरकारका प्रवक्ता अरिस्टोटेलिया पेलोनीले पत्रकारहरूलाई दिएको जानकारीअनुसार उनको अहिलेको भ्रमणलाई ठूलो महत्वका साथ हेरिएको छ ।

    प्रधानमन्त्री मित्सोटाकिसले भ्रमणका क्रममा लिबियाको अध्यक्ष मण्डलका प्रमुख मोहम्मद यौनेस मेन्फी र अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबेइबाहसँग भेटवार्ता गर्ने भएका छन् । भ्रमणबाट लिबियामा रहेको ग्रीसको राजदूतावास पूनः सुचारु गरिने ग्रीसका विदेशमन्त्रीले जानकारी दिए ।

    लिबियाको राजधानी त्रिपोलीमा रहेको ग्रीसको राजदूतावास सन् २०१४ को जुलाईदेखि बन्द भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # लिबिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij