Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्थायी राजधानी निर्माण गर्न लुम्बिनी प्रदेशलाई संघीय सरकारले दियो एक अर्ब

स्थायी राजधानी निर्माण गर्न लुम्बिनी प्रदेशलाई संघीय सरकारले दियो एक अर्ब

  • 562
    SHARES
  • स्थायी राजधानी निर्माण गर्न लुम्बिनी प्रदेशलाई संघीय सरकारले दियो एक अर्ब

    बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिए ।

    राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताए । मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गरे ।  यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने केसीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij