Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण

  • 444
    SHARES
  • काठमाडौं उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जना संक्रमित थपिएका हुन् ।

    यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    यस्तै बिहीबार २७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij