Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न अनुमति

स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न अनुमति

  • 587
    SHARES
  • स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न अनुमति

    काठमाडौं । चलचित्र विकास बोर्डले कोरोना रोकथामका लागि सरकारले जारी गरेको मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न आग्रह गरेको छ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले खोप लगाएका कास्ट एण्ड क्रिउसहित २५ जनाको उपस्थितीमा स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकनलाई निरन्तरता दिन अनुमति दिएको बताएका छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ मसान्तसम्म अत्यावश्यक बाहेक भीडभाड नर्गन र अत्यावश्यक काम गर्नैपरे प्रशासनको अनुमतिमा २५ जना भेला भएर काम गर्न अनुमति दिने निणर्य गरेको थियो ।

    सरकारको निर्णयमा अहिले फिल्म हलहरु बन्द रहेका छन् भने जारी सुटिङ र केही म्युजिक भिडिओहरु विभिन्न स्थानमा छायांकन भइरहेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij